जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०६:१२

बुढानिलकण्ठ नगरपालिकामा एमालेको अग्रता,वडाध्यक्षमा एमालेकै लामा निर्वाचित


काठमाडौं, ३१ बैशाख । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिँदा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् ।

मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत प्राप्त गर्नुभयो भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाउनुभयो । त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाउनुभएको छ ।