जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार २०:४४

उदयपुरको ताप्लीमा एमालेले खोल्यो खाता, १ नम्बर वडामा प्यानलै बिजयी


उदयपुर, बैशाख ३१ । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।

वडाध्यक्षमा उद्द्ब हमाल, महिला सदस्य पदम माया सुनुवार, दलित महिला सदस्य मन कुमारी सार्की, खुल्ला सदस्यमा तेजबहादुर मगर र सरोज राई निर्वाचित हुनु भएको हो ।

नव निर्वाचित वडाध्यक्ष हमालले ३ स ९९ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका धर्म राइले ३७८ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १ मा १ हजार ८ सय ६७ मतदाता मध्ये १ हजार १ सय २५ जनाले मतदान गरेका थिए ।