जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार २०:११

काठमाडौंको मेयरमा बालेनको मतान्तर झनै फराकिलो, केशव स्थापित र सिर्जना सिंह दुवैको मतभन्दा जोडदा पनि बढी


काठमाडौं, जेठ १ । काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ । आज साँझ सबा ७ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अर्थात बालेनले फराकिलो अग्रता लिनुभएको छ ।

सुरुवातदेखि नै अग्रता लिनुभएका बालेनले ३४१० मत ल्याउनु भएको छ । एमाले उम्मेदवार केशव स्थापित र गठबन्धनकी उम्मेदवार सिर्जना सिंहको जोडदा पनि बालेनको मत जति पुग्दैन ।

बालेनले सो मत पाउँदा नेकपा एमालेका उम्मेदवार स्थापितले १६९४ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १६२० मत पाउनु भएको छ ।