जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार १२:४५

गिरीराजमणिकै वडामा एमालेसँग हार्यो माओवादी


महोत्तरी, जेठ ३ । नेकपा माओवादीका शिर्षनेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गर्नुभएको हो ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन पुगेको हो । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी हुनुभएको हो । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गर्नुभएको छ ।

बर्दिबास ३ नेकपा एमालेले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मतपरिणाममा अघिल्लो निर्वाचनमा जितेका तीन वटा वडा गुमाएको छ भने नेपाली कांग्रेसले दुई वडा गुमाएको छ ।