सुर्खेत, जेठ ३ । नेपाली कांग्रेसको गढ मानिने सुर्खेतको चिंगाड गाउँपालिकामा एमालेले जितेको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र रहेको चिंगाडमा एमाले नेता वोधविक्रम जिसी ६१ मत अन्तरमा अध्यक्षमा विजयी हुनुभएको छ ।
मतदान अधिकृतको कार्यालयले गरेको घोषणाअनुसार सो पालिकामा नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित हुनुभएको छ ।उपाध्यक्षमा पनि एमालेकै मीनाकुमारी रोकाया विजयी हुनुभएको छ । रोकायासंग कांग्रेसकी मनमाया आचार्य पराजीत हुनुभएको छ ।
चिंगाडको वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ ।













प्रतिक्रिया दिनुहोस्