जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार १८:२८

चुनावलगत्तै जनतामाथि गठबन्धन सरकारको घात, फेरि बढायो सार्वजनिक यातायातको भाडा


काठमाडौं, जेठ ३ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्य बढाएलगत्तै सार्वजनिक यातायातको भाडा पनि बढाएको हो।

यातायात व्यवस्था विभागले अन्तर्प्रदेश यात्रुवाहक सवारीसाधनमा ३.५ प्रतिशत बढाएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशतले भाडा वृद्धि भएको छ। सरकारले यसअघि २०७८ चैत १७ गते भाडा बढाएको थियो।

उक्त समयमा डिजेलको मूल्य १३८ रुपैयाँ रहेकोमा अहिले १५३ रुपैयाँ भएको छ। तेलमा १० प्रतिशत बढी मूल्य बढेकाले जेठ ४ गतेदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा गुड्ने गाडीको भाडा बढाएको छ। स्थानीय तहको निर्वाचन सकिएपछि सरकार जनताप्रति अनुदार बनेको हो । चुनावलगत्तै सरकारले सवै कुरामा भाडा बढाउन थालेको छ ।