बर्दिया, जेठ ४ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई तोड्दै बर्दियाको बाँसगढी नगरपालिकाको मेयर र उपमेयर दुवै नेकपा एमालेले जीत हासिल गरेको छ । गठबन्धनलाई परास्त गर्दै मेयरमा एमालेका केन्द्रीय सदस्य खडकबहादुर खड्का १० हजार ९४७ मत ल्याएर विजयी हुनुभएको छ ।
खड्काले माओवादी केन्द्रका भुवनकुमार थारुलाई एक हजार १८४ मत अन्तरमा पराजीत गर्नुभएको छ । थारुले ९ हजार ७६३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरमा बिजयी एमाले उम्मेदवार इन्दिरा चौधरीले नेपाली कांग्रेसकी सोमती थारु खड्कालाई २ हजार ५२३ मत अन्तरले पराजित गर्नुभएको छ । चौधरीले ११ हजार ३५ मत ल्याउँदा थारुले ८ हजार ५१२ मत पाउनु भएको छ ।
९ वटा वडा रहेको बाँसगढी नगरपालिकाको ३÷३ वटामा एमाले र माओवादी केन्द्र तथा २ वटामा कांग्रेस उम्मेदवार वियजी भएका छन ।













प्रतिक्रिया दिनुहोस्