काठमाडौं, जेठ ४ । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र एमाले उम्मेदवार सुनिता डंगोलले आफ्नो अग्रतालाई थप फराकिलो बनाउनु भएको छ ।
निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार कुल ३९ हजार ६ सय २३ मत गणना हुँदा बालेन साहले १५ हजार ५० मत पाउनु भएको छ । मेयरमा साहपछि एमालेका केशव स्थापित हुनुहुन्छ । उहाँले ८ हजार ७५ मत पाउनु भएको छ भने सत्ता गठबन्धकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार २ सय ६५ मत प्राप्त गर्नुभएको छ । यस्तै राप्रपाका मदनदास श्रेष्ठले १३ सय २७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले १४ हजार ७ सय १७ मत प्राप्त गरी फराकिलो अग्रता लिनुभएको छ । डंगोलले पनि मेयरमा साहजस्तै सुरुदेखि नै अग्रता लिनुभएको थियो । उहाँपछिसत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले जम्मा ४६ सय ५२ मत पाउनु भएको छ भने राप्रपाका उम्मेदवारले २८ सय ८५ मत पाउनु भएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म काठमाडौं महानगरको वडा नम्बर १, २, ३ र ५ को मतगणनाको परिणाम आइसकेको छ भने वडा नम्बर ४, ७, २८, २९, ३०, ३१ र ३२ को मत गणना जारी रहेको छ ।













प्रतिक्रिया दिनुहोस्