मकवानपुर, जेठ ५ । हेटौँडा उपमहानगरपालिका मेयरको मतपरिणाम रोचक बन्दै गएको छ । मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखे पनि एमालेका उम्मेदवार अनन्त पौडेलले मतान्तर घटाउँदै लग्नुभएको छ ।
२ हजारभन्दा बढीको मतान्तर बनाएकी लामा अहिले पौडेलभन्दा ८५० मतान्तरले अघि हुनुहुन्छ । ५१ हजार १११ मत गणना भइसक्दा मेयरमा लामाले १५ हजार ८२६ र पौडेलले १४ हजार ९७६ मत प्राप्त गर्नुभएको छ । यस्तै राप्रपाका दीपकबहादुर सिंहले १४ हजार ४१७ मत सहित तेस्रो स्थानमा हुनुहुन्छ ।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका राजेश बानियाँलेअग्रता बढाउँदै लग्नुभएको छ । बानियाँ २३ हजार २ मत प्राप्त गर्दै अग्रस्थानमा रहँदा निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले १६ हजार ७३५ मत पाउनु भएको छ । राप्रपाकी इन्दिरा न्यौपाने डल्लाकोटीले ३ हजार ५९४ मत पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्