जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १५:२३

अर्थमन्त्रीलाई संसद बैठकमा उपस्थित हुन सभामुखको निर्देशन, अन्य मन्त्रीलाई नोट टिप्न निर्देशन


काठमाडौं, ५ बैशाख । सभामुख अग्नि प्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई संसद बैठकमा उपस्थित हुन् निर्देशन दिनुभएको छ । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक (बजेट) का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका क्रममा अर्थमन्त्री शर्मा उपस्थित नभएपछि सभामुखलाई बैठकमा उपस्थित हुन निर्देशन दिनुभएको हो ।

छलफल चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले (बजेट) का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा अर्थमन्त्री नै उपस्थित नभई छलफल चल्न नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

भट्टराईले अर्थमन्त्री आफै उपस्थित नभएको र अन्य मन्त्रीले पनि डायरीमा सांसदहरुले राखेको विषयबारे टिपोट नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसपछि सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई बैठकमा उपस्थित हुन निर्देशन दिनुभएको हो ।

त्यस्तै उहाँले अन्य उपस्थित भएका मन्त्रीहरुलाई सांसद हरुले राखेका विषय नोट गर्न रिपोर्टिंग गर्न निर्देशन दिनुभएको हो । बैठकमा हिजो बुधबारदेखि विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको हो । जेठ १५ गते संसदमा बजेट प्रस्तुत हुने छ ।