भक्तपुर, ५ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार बासुदेव थापा निर्वाचित हुनुभयो । कांग्रेसका उम्मेदवार निशान ढुंगेल एमालेका थापासँग पराजित हुन पुग्नुभयो । तर, मेयरमा पराजिजत ढुंगेलले निर्वाचित थापालाई उहाँकै घरमा भेटेर बधाई तथा शुभकामना दिनुभएको छ ।
जसलाई लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मानको रुपमा अर्थ्याईएको छ ।
एक हजार ५२६ मतान्तरले पराजित भएका ढुंगेलले आज बिहान वडा नं १० चित्तपोलस्थित थापा निवासमा पुगेर बधाई दिनुभएको हो । थापा १४ हजार ७५८ मत ल्याएर निर्वाचित हुँदा ढुंगेल १३ हजार २३२ मत पाएर पराजित हुनुभयो । तर, आफूलाई मत दिने मतदाताप्रति ढुंगेलले आभार व्यक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्