जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार ०९:३६

काठमाडौंको उपमेयरमा सुनिता डंगोल निकै अगाडि, कस्को कति मत ?


काठमाडौं, जेठ ६ । काठमाडौं महानगरपालिकाको उमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडि पुग्नुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई निकै पछि पार्दै उपमेयर बन्ने दौडमा डंगोलले फराकिलो अग्रता लिनुभएको हो ।

डंगोलले २६ हजार ५ सय ७५ मत पाउनु भएको छ । यता गठबन्धनका उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत मात्रै पाउनु भएको छ । मेयरमा एमाले उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँग निकै मतान्तरमा पछि परेपछि उपमेयरमा डंगोलले सुरुवाती चरणबाटै अग्रता लिनुभएको हो । यता जारी मतगणनामा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहसँग भारी मतले पछाडि पर्नुभएका स्थापितले मतान्तर घटाउन थाल्नुभएको छ ।

झण्डै दोब्बर मतले पछाडि पर्नुभएका स्थापितले काठमाडौं– २७ को मत गणनापछि मतान्तर घटाउनु भएको हो । पछिल्लो अपडेटअनुसार स्वतन्त्र उम्मेदवार साहले २६ हजार ६ सय १, स्थापितले १४ हजार ३ सय ८६ र कांग्रेसकी सिर्जना सिंहले १३ हजार ४ सय ८ मत पाउनु भएको छ ।