मोरङ, जेठ ६ । विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्कीले मतान्तर झनै फराकिलो बनाउनु भएको छ । उपप्रमुखमा कार्कीले २१ हजार ३८३ सहित फराकिलो अग्रता कायम गर्नुभएको हो ।
उपमेयरमा गठबन्धन तर्फका जसपाका अमरेन्द्र यादवले १२ हजार १ सय ४ मत मात्र पाउनु भएको छ । बिराटनगर महानगरपालिकामा अव १४ हजार ३ सय ३७ मत मात्र गन्न बाँकी छ । कार्कीको अहिलेकै मतान्तर ९ हजार २ सय ७९ रहेको छ । यता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला मेयरमा ६ हजार १४८ मतले अगाडि देखिनुभएको छ ।
अहिलेसम्ममा विराटनगरमा खसेको ८९ हजार ६७८ मतमध्ये ७५ हजार ३४१ मत गणना भएको छ । गणना भएको मतमध्ये कांग्रेसका कोइरालालाई २४ हजार ५ सय ६३ र एमालेका सागर कुमार थापालाई १८ हजार ४ सय १५ मत खसेको छ । महागरको मत गणना सम्पन्न भएकोमध्ये मेयरमा १८ हजार २९९ र उपमेयरमा २८ हजार ७५९ मत बदर भएको छ ।

यो तथ्यांकले उपमेयरमा एमाले उम्मेदवार कार्कीको बिजय निश्चित भएको छ । १४ हजार मत गन्न बाँकी रहँदा यति धेरै मतान्तर हुनु र उपमेयरमा पूर्ण बदर मतको अवस्था हेर्दा कार्कीको बिजय निश्चित बनेको हो ।













प्रतिक्रिया दिनुहोस्