जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १०:४१

दाङको तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै


काठमाडौं, ८ जेठ । दाङको तुलसीपुर उपमहानगर पालिकामा एमालेको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४ सय ५ मत पाउनु भएको छ । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५ सय ९४ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६ सय १५ मत पाउँदा एकीकृत समाजवादीकी जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत पाउनु भएको छ ।