काठमाडौं, जेठ ९ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह धेरै मतान्तरका साथ अघि बढदा उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले धेरै फराकिलो अग्रता कायम गर्नुभएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनाको परिणाम अनुसार काठमाडौंको ७० प्रतिशत मत गणना सकिदा एमाले उम्मेदवार सुनिताले ४४ हजार ७ सय ५ मत पाउनु भएको छ । सुनितालाई पच्छयाइरहनुभएका सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले केवल १५ हजार ६ सय ७० मत पाउनु भएको छ ।
उपमेयरमा सुनिताको मातान्तर २९ हजार ३५ मत हुन्छ । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७ सय ७५ मत पाउनु भएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ६ सय ८० र एमालेका केशव स्थापितले २४ हजार ५ सय ८८ मत पाउनु भएको छ । यस आधारमा हेर्दा सुनिताले बालेन्द्रको भन्दा पनि लोकप्रिय मत पाउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्