जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार ०७:५६

माओवादीलाई हराउँदै सिरहाको गोलबजारको मेयर र उपमेयरमा एमाले विजयी


काठमाडौँ, जेठ १० ।  सिरहाको गोलबजार नगरपालिकाको मेयरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार श्‍यामकुमार श्रेष्‍ठ ७,९०८ मत ल्याई विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार देव नाथ साहलाई २,२०७ मतान्तरले पराजित गर्नुभएको हो ।

पराजित देव नाथ साहले ५,७०१ मत पाउनुभएको छ । श्रेष्ठ यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा साहसँगै पराजित हुनुभएको थियो। साहले श्रेष्ठलाई १,३५४ मतले हराउनुभएको थियो । यस्तै उपप्रमुखमा एमालेकै उम्मेदवार मान्‍ती साह ७,७०३ मत सहित विजयी हुनुभएको छ । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार रेशमकुमारी थापाले ५,६४३ मत पाउनुभएको छ । थापा पनि निवर्तमान उपमेयर हुनुहुन्थ्यो ।