जनता टाइम्स

१५ जेष्ठ २०७९, आईतवार १४:००

मुस्ताङको लेते आसपासमा जहाज दुर्घटनाको खबर छ, घटनास्थलतर्फ सेना गइसक्यो : सैनिक प्रवक्ता


काठमाडौं, जेठ १५ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको जानकारी दिनुभएको छ ।

मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको हो । प्रवक्ता सिलवालका अनुसार स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई सो सूचना दिएको र प्रधिकरणले सेनालाई दिएपछि टोली मुभ भएको हो ।

‘नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको भन्ने खबर आएको छ । हाम्रो त्यहाँ नजिकको घाँसामा सेनाको पोष्ट छ । त्यहाँबाट फिजिकल्ली कन्फर्मेसन गर्नका लागि पैदल मार्गबाट सेना गएका छन,’ कान्तिपुर अनलाइन संस्करणसँगको कुराकानीमा सैनिक प्रवक्ता सिलवालले भन्नुभएको छ ।