जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार १२:३१

काठमाडौंमै फर्कियो भद्रपुर उडेको बुद्ध एयरको विमान


काठमाडौं, जेठ १८ । काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो । सो विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।