काठमाडौं, २० जेठ । संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७९ संसदमा पेस गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेस गर्नुभएको हो । आजै प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७९ पेस गर्नुभएको थियो ।
यसअघि आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिनुभएको थियो । गत आइतबार अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्