काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय भएको बताउनुभएको छ । आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको खनालले जानकारी दिनुभयो ।
‘बैठकले २४ घण्टा भित्र मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ हाम्रा मन्त्रीहरु फिर्ता आउनुहुन्छ ।’ निर्णय गर्ने अधिकार भने अध्यक्ष माधव नेपाललाई दिइएको छ ।
पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधि नाघेको भन्दै बैठकमा समीक्षा भएको थियो । पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले मन्त्रीहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल भएको बताउँदै निर्णय अधिकार अध्यक्ष नेपालसँग रहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्