जनता टाइम्स

२३ जेष्ठ २०७९, सोमबार २१:१४

इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने भन्दै हाम्रो टिम नेपालले निकाल्यो मसाल जुलुस


काठमाडौं, जेठ २३ । इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने भन्दै हाम्रो टिम नेपालले सोमबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।सवारी साधनको नम्बर प्लेट देव नागरिक लिपिमा हुने पर्ने भन्दै उनीहरूले इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने माग राखेका हुन् ।

सो समूहले काठमाडौंको धोविखोला कोरिडोरमा मसाल जुलुस निकालेका हुन् ।साल जुलुस प्रदर्शनका क्रममा उनीहरूले जनताको ढाड सेकेर माफिया पाल्दैनौ, भ्रष्टाचार गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।