जनता टाइम्स

२६ जेष्ठ २०७९, बिहीबार ०८:०५

मन्त्रालय फुटाउँदै देउवा, नयाँ दुई मन्त्रालय थपिने


काठमाडौं, २६ जेठ । शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुऱ्याउन मन्त्रालय फुटाउने भएको छ । यसरी मन्त्रालय फुटाउँदा राज्यकोषमा एक मन्त्रालय बराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले दलीय भागबन्डा पुऱ्याउनकै लागि दुईवटा मन्त्रालय फुटाएर २३ वटा मन्त्रालय बनाउने गृहकार्य थाल्नुभएको एक मन्त्रीले बताउनुभयो ।

हाल २१ वटा मन्त्रालय रहेका छन् । मन्त्रालय फुटाएर दुईवटा मन्त्रालय थप गरिएमा राज्यकोषमा वार्षिक १० करोड बढी खर्च हुने देखिएको छ ।