जनता टाइम्स

२७ जेष्ठ २०७९, शुक्रबार ०९:२५

आँबुखैरेनी पहिरोमा मानवीय क्षतिको आशंका, पुरिएको अवस्थामा कार भेटियो


तनहुँ, २७ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिँदा मानवीय क्षति भएको आशंका गरिएको छ ।घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीका अनुसार सडकबाट मर्स्याङ्दी नदीको खोँचमा कार खसेको देखिएको हो ।

कार देखिएपछि गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको उनले जानकारी दिनुयभो। कार आबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र को–को थिए भन्ने खुलेको छैन । सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा(मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ ।