पर्वत, जेठ २७ । जिल्ला समन्वय समिति पर्वतको प्रमुख नेकपा एमालेको भागमा परेको छ । जिसस गठन गर्न सत्ता गठबन्धन र नेकपा एमालेबीच भएको सहमतिअनुसार गोलाप्रथाबाट गर्दा प्रमुख एमालेको भागमा परेको हो । सहमतिअनुसार गोलाप्रथा गर्दा उपप्रमुखसहित बहुमत सदस्य गठबन्धनको भागमा परेको छ ।
जिल्ला समन्वय समितिमा एमाले र गठबन्धनबीच बरावर ७ मत रहेका कारण सर्वसम्मत उमेदवारी दिने सहमति भएको हो । प्रमुख र उपप्रमुखको टुंगो लगाउने क्रममा गोलाप्रथाबाट एमालेको भागमा प्रमुख र गठबन्धनलाई उपप्रमुख परेको छ ।
एमालेबाट प्रमुखमा बिष्णुराम विक र गठबन्धनबाट उपप्रमुखमा सोम जिसीले उमेदवारी दिने तयारी छ । एमालेले ३ सदस्य र गठबन्धनले ४ सदस्यलाई उमेदवार बनाउने सहमति पनि भएको छ ।













प्रतिक्रिया दिनुहोस्