सुर्खेत, २७ जेठ । जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धनले जीत हात पारेको छ । आज भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानलै विजयी भएको हो । मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले ८ मत पाएका छन् ।
एमाले र माओवादी गठबन्धनबाट प्रमुखमा गंगाराम सुनार र उपप्रमुखमा सचिनकुमार बडुवाल निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल तथा अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसंख्यकमा सावित्रा टमटे समन्वय सदस्यमा निर्वाचित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्