काठमाडौं, २७ जेठ । विश्वभर चर्चित इन्टरनेट गेम अन्तर्गत पब्जी पनि पर्छ । यो खेल हरेक समूहमा लोकप्रिय छ । यो खेल विशेषत: बन्दुकसँग सम्बन्धित छ । यहाँ दुश्मनलाई खोजेर बन्दुकले परास्त गर्ने मिसन हुन्छन् । यो खेल समूहमा पनि खेल्न सकिन्छ र यो खेलको विश्व च्याम्पियन्सिप पनि हुने गर्दछ । जसबाट करोडौं कमाउन सकिन्छ ।
यद्यपी यसले बालबालिका तथा किशोरावस्थाका मानिसलाई भने केही मात्रामा नकरात्मक प्रभाव पारेको देखिएको छ । हालै भारतमा पब्जी खेल्न नपाएपछि आक्रोशित एक १६ वर्षीय छोराले आफ्नै आमा साधना सिंहको गोली हानी हत्या गरेका छन् । उनले आमाको हत्या मात्र गरेनन् आमाको शवसँगै उनी तीन दिनसम्म घरमै बसेका थिए । उनले १० वर्षीया बहिनीलाई पनि धम्की दिएर घरबाट बाहिर निस्कन दिएनन् ।
आमाको लाश छेउमै बसेर उनले पब्जी खेलिरहे । तर शव कुहिएपछि दुर्गन्ध फैलिन थालेपछि सेनामा कार्यरत पितालाई उनी आफैंले फोन गरेर आमाको हत्या गरेको जानकारी दिएका छन् । पिताको जानकारीपछि गत मंगलबार राती प्रहरीले शवलाई घर बाहिर निकालिएको छ। नवीन कुमार सिंह सेनामा कार्यरत छन् र उनको पोस्टिङ वाराणसीमा छ । घरमा रहेको उनकै बन्दुक उनका छोराले प्रयोग गर्दै आमाको हत्या गरेका हुन्।
किशोरको बयान
पब्जी खेल्न नदिएपछि आफूले आमाको हत्या गरेको ती किशोरले स्वीकार गरेका छन् । शनिबार राती २ बजे आमालाई गोली हानेको उनले स्वीकार गरेका हुन् । यद्यपी आइतबार दिउँसो १२ बजेसम्म पनि आमा जिउँदै रहेको ती किशोरको भनाइ छ ।
दैनिक भास्करका अनुसार आमाको मृत्युको पर्खाइमा उनी बारम्बार ढोका खोलेर हेर्दा आमालाई तड्पिरहेको देख्थे त्यसपछि कोठामा ताला लगाउँथे । यो घटनाको अनुसन्धान गरिरहेका अतिरिक्त प्रहरी उपयुक्त एडीसीपी काशिम आब्दीलका अनुसार पब्जी खेल्न नपाउँदा उनी आमासँग निकै रिसाएका थिए ।













प्रतिक्रिया दिनुहोस्