काठमाडौं, जेठ ३१ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ ।
यो दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो । युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्