जनता टाइम्स

१ असार २०७९, बुधबार ११:४९

स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बुटबल लगियो


दाङ,१असार ।लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला वलीलाई प्रहरीले दाङबाट बुटवल लगेको छ

तुलसीपुर उपमहानगरपालिकास्थित एक महिला र बालिकामाथि हातपात गरेको अभियोगमा प्रहरीको नियन्त्रणमा परेकी वलीलाई मंगलबार साझ नै बुटबल पठाएको जनाइएको छ ।राज्यमन्त्री वलीमाथि हिजो नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलका नेता एकराज बस्नेतको घरमा पुगेर उनकी पत्नी र छोरीमाथि हातपात गरेको अभियोग लागेको छ ।

पीडित भनिएकी एकराजकी श्रीमती मीना भण्डारीले वलीविरुद्ध प्रहरीमा जाहेरी समेत दिएकी छिन् ।