जनता टाइम्स

३ असार २०७९, शुक्रबार २२:०४

जेलमै पुगेर सिके राउतले भेटे रेशम चौधरी, यस्तो छ कुराकानी


काठमाडौं, असार ३ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सिके राउतले जेलमै पुगेर निलम्बित सांसद रेशम चौधरीसँग भेटवार्ता गर्नुभएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीसँग गठबन्धन गर्ने विषयमा छलफल गर्न डा. राउतले चौधरीलाई भेटनुभएको हो ।

राउतले काठमाडौंको डिल्लीबजारस्थित जेलमा चौधरीसँग भेटघाट भएको र दुई पार्टी गठबन्धन गरी अगाडी बढ्ने कुरामा भएको छलफल सकारात्मक रहेको उल्लेख गर्नुभएको छ । पुराना पार्टीहरूले पटक(पटक सम्झौता, वार्ता र आश्वासनका नाममा आन्दोलनकारी शक्तिहरूसँग पटक(पटक धोखा मात्रै दिएको गुनासो चौधरीले गरेको पनि राउतले सचिवालय पेजमा लेख्नुभएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि राउत विभिन्न जिल्लाको भ्रमण गरिरहनुभएको छ । स्थानीय तहको चुनावमा अन्य दलसँग गठबन्धन नगर्दा परिणाम सन्तोषजनक नआएको भन्दै आसन्न निर्वाचनमा मधेसी दलसँग गठबन्धन गर्ने जनमत पार्टीले जनाएको छ ।