काठमाडौं, असार ५ । नेपाल रेडक्रस सोसाइटीका नवनियुक्त उपमहासचिव मनोजकुमार थापालाई काममा नलगाउन चेतावनीसहित भर्खरै नियुक्त हुनुभएका अध्यक्ष प्रा. सुदर्शन नेपाल र कार्यकारी प्रमुख उमेश ढकाललाई पत्र बुझाइएको छ । रेडक्रस अभियन्ताहरुको तर्फबाट परिर्वतन नेपाल रेडक्रस समूहले थापा उपमहासचिवका लागि बिधानत अयोग्य भएको भन्दै आज पत्र बुझाइएको हो ।
‘तपाई अध्यक्ष प्रा. सुर्दशनप्रसाद नेपाल नेतृत्वमा नेपाल सरकार मन्त्री परिषद्बाट २०७९ जेष्ठ ३१ गते दोस्रो पटक गठन आदेश भएको नेपाल रेडक्रस केन्द्रीय तदर्थ कार्यसमितिमा नियुक्त हुनु भएका उपमहामन्त्री मनोजकुमार थापा सोसाइटीको प्रचलित विधानको दफा ६२ (क) अनुसार दोहोरो पदाधिकारी पदधारण गरिरहनु व्यक्ति हुनुहुन्छ । तपाईहरुलाई जानकारी छ÷छैन ? उनलाई सभापति पद पदत्याग गरेको प्रमाणित कागजात सोसाइटीलाई प्राप्त नभएसम्म केन्द्रीय कार्यालयका कुनै पनि पदीय निर्णयहरुमा सहभागिता संलग्न नगर्न÷नगराउन हुन विनम्र अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।
यस्तो छ पत्र
२०७९ असार ५ गते
प्राध्यापक श्री सुर्दशनप्रसाद नेपालज्यु
अध्यक्ष
नेपाल रेडक्रस सोसाइटी
केन्द्रीय तदर्थ कार्यसमिति
ताहाँचल, काठमाण्डौ, नेपाल
श्री उमेशप्रसाद ढकालज्यु
कार्यकारी निर्देशक
नेपाल रेडक्रस सोसाइटी
केन्द्रीय कार्यालय
ताहाँचल, काठमाण्डौ, नेपाल
विषयः बैधानिक व्यबस्था कार्यान्वयन गर्ने गराउने सम्बन्धमा ।
महोदय,
नेपाल रेडक्रस सोसाइटी विगत २/३ वर्षदेखि गम्भिर संकटमा गुज्रिरहेको छ । जसको सामना सबै रेडक्रसकर्मीहरुले गरिरहनु परेको छ । जसको मूख्य कारण नेतृत्व आफै हो । सोसाइटीमा देखिएको सिण्डिकेट, विधान, नीति नियमावली, बमोजिम संस्था सञ्चालन नहुनु, सत्तामा पुगेका पदाधिकारीहरुले विधानको व्यबस्था आफै नमान्नु, गलत ब्याख्या गर्नु, आफनो अनुकुल ब्याख्या गर्ने/गराउने विविध कारणहरुले संस्था धरायशी भईरहेको छ ।
तपाई अध्यक्ष प्रा. सुर्दशनप्रसाद नेपाल नेतृत्वमा नेपाल सरकार मन्त्री परिषद्बाट २०७९ जेष्ठ ३१ गते दोस्रो पटक गठन आदेश भएको नेपाल रेडक्रस केन्द्रीय तदर्थ कार्यसमितिमा नियुक्त हुनु भएका उपमहामन्त्री मनोजकुमार थापा सोसाइटीको प्रचलित विधानको दफा ६२ (क) अनुसार दोहोरो पदाधिकारी पदधारण गरिरहनु व्यक्ति हुनुहुन्छ । तपाईहरुलाई जानकारी छ÷छैन ? उनलाई सभापति पद पदत्याग गरेको प्रमाणित कागजात सोसाइटीलाई प्राप्त नभएसम्म केन्द्रीय कार्यालयका कुनै पनि पदीय निर्णयहरुमा सहभागिता संलग्न नगर्न÷नगराउन हुन विनम्र अनुरोध गर्दछौं ।
नेपाल सरकारलाई पटक पटक जानकारी गराउदा पनि कार्यान्वयन नगरेको तपाईहरुले पनि विधानमा त्यस्तो व्यबस्था भएको अध्ययन नगर्नु भएको भए पेज ४६ दफा ६२ (क), पेज १३ दफा १७ (झ), पेज २९ दफा ३४ (२) (ख) पेज ४५ दफा ६० (३) साथै २०७७।०२।१६ गते सबै जिल्ला शाखाहरुलाई प्रेषित च.न. २३२३।०७६।७७ को केकासको २८३ औं बैठक निर्णय पनि थप अध्ययन गर्नुहोला ।
आगामी दिनहरुमा सोसाइटीको हरेक गतिविधिहरु, नीति निर्माणमा विधानको पूर्णपालना गराउने प्रमुख दायित्व तपाई अध्यक्ष र कार्यकारी प्रमुखको दुईको होइन र ?
तसर्थ रेडक्रसकर्मीहरुबाट गरिएको प्रश्न, निबेदन, जिज्ञासा र सम्मानित उच्च अदालतहरुमा न्यायिक निरुपणका लागिका गरेका अपिलहरु समेतमा गम्भीर भएर छानविन, कार्यान्वयन गराएको हेर्ने चाहन्छ ? देशभरका रेडक्रसकर्मीहरु ।
विगतमा जस्तो दाईलाई सोध्न पर्ला, भाईले के भन्नुहुन्छ ? चुनावमा भोट आउला कि नआउला ? फाजिलमा राखे भने केगर्ने भनेर सोच्ने दिन गए ? त्यसैले अध्यक्ष र कार्यकारी निर्देशकज्युलाई विशेष अनुरोध चाहन्छौं ।
१. जेष्ठ १२ भित्र उपमहामन्त्री पदमा विराजमान मनोजकुमार थापालाई तत्काल जिल्ला कार्यसमितिको सभापति पदबाट राजिनामा गराउने । अध्यक्षले स्वीकृत भएको जानकारी गराउने।

२. त्यस्तै १ महिनाको समय सिमा तोकेर दोहोरो पद धारण गर्ने उपशाखा, जिल्ला शाखा, प्रदेश र केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरुलाई कुनै एक पदाधिकारी पदबाट राजिनामा गर्न पत्राचार गर्ने, सार्वजनिक सूचना प्रेषित गर्ने, सोसाइटीको वेभसाइड राख्ने । समय सिमा सकिएको पछि पनि नछाडेमा तत्काल कुनै एक पदबाट हटाउने ।
३. तत्काल नागरिक तथा रेडक्रसकर्मीहरुलाई सूसुचित हुन सोसाइटीको विधान, जिल्ला प्रशासन कार्यालयबाट संसोधित ४१ दफाहरु, २०७७।०२।१६ गते सबै जिल्ला शाखाहरुलाई प्रेषित च.न.२३२३।०७६।७७ को केकासको २८३ औं बैठक निर्णयहरु लगाएतका सूचनाहरु सोसाइटीको वेभसाइटमा राख्ने ।
४. कर्मचारीहरुको नियुक्ती, नविकरण, परियोजना सञ्चालनका लागि जिल्ला शाखाहरुको छनोट, सवारी साधन तथा उपकरणहरु वितरण हस्तान्तरण, राहत तथा उद्धार सामाग्री वितरण हस्तान्तरणका कामकाजहरु राजनितिक भागबण्डा, राजनितिक आस्था, विचार, नातागोता, जातियता, क्षेत्रियता आधारमा नगरियोस् ।
५. नेपाल सरकारबाट दोस्रो पटक गठनभएको प्राध्यापक सुर्दशनप्रसाद नेपाल अध्यक्ष रहेको पहिलो केकास बैठकमा विगत ५ महिना कर्मचारी व्यबस्थापन तथा विकासतर्फका कर्मचारीहरुको नियुक्ती नबिकरणमा देखिएको जटिल कानूनी समस्याको बारेमा कार्यसमितिमा किन छलफल भएन ? यसको समाधान तत्काल हुुनु पदैन ?
६. खवरदार तपाईहरुको कार्यकालमा पनि विधान विपरित व्यबस्थापन समितिको नाममा पूर्व नेतृत्वले झै कुनै निर्णय नगरियोस । कार्यसमितिको अधिकार हनन नहोस ।
७. अन्त्यमा दोहोरो पद धारण गरेको उपमहान्त्री तथा कार्यबाहक महामन्त्री पदप्राप्त मनोजकुमार थापाबाट २०७९ जेष्ठ ३१ गते देखिको मिति देखि नै उपरोक्त पदीय हैसियतले कुनै केन्द्रीय कार्यालयको कागजातमा हस्ताक्षर तथा निर्णयहरु गराईको पाईएमा तपाई अध्यक्ष र कार्यकारी निर्देशकज्युहरुले विधान उल्लघन गरेको ठर्हछ । यदी भए गरे गराए कानूनको दायरा ल्याईने छ ।
८. नेपाल रेडक्रस सोसाइटीको वर्तमान गतिरोध अन्त्यका लागि अन्तरर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सासाइटीको महासचिव श्री जगन चापागाईज्युलाई मध्यस्थता पठाईदिन हुनु अनुरोध गर्दछौ ।
परिर्वतन नेपाल रेडक्रस समूह
हामी रेडक्रसमा सेण्डिकेट, राजनितिक भागबण्डा तोडन् र सुधार चान्हाछौं नकि गतिरोध ।
धन्यवाद













प्रतिक्रिया दिनुहोस्