जनता टाइम्स

८ असार २०७९, बुधबार २२:०४

कारागारमा जेल भुक्तान गरिरहेकी ‘अविवाहित’ महिलाले बच्चा जन्माएपछि ‘


काठमाडौँ, ८ असार । दाङको तुलसिपुर कारागारमा जेल भुक्तान गरिरहेकी एकजना महिलाले बच्चा जन्माएकी छिन् । बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् । बैंकिङ कसुर मुद्दामा ३० लाख धरौटी तिर्न नसकेपछि बाँकेको जानकी गाउँपालिका–४ खजुरा घर भएकी थापालाई अदालतले थुनामा राख्न आदेश गरेको थियो ।

राप्ती प्रादेशीक अस्पतालमा उनले छोरा जन्माएकी हुन् ।उनले आफू अविवाहित रहेको बताएकी छिन् । ग्रामिण विकास लघुवित्त संस्था लमहीमा फिल्ड सहायक हुँदा रकम हिनामिना गरेको भन्दै सो संस्थाले बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो ।