जनता टाइम्स

१७ असार २०७९, शुक्रबार १५:३३

प्रधानसेनापतिले गरे अमेरिकी उच्च अधिकारीसँग भेटबार्ता


काठमाडौं, असार १७ । अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति प्रभुराम शर्माले न्यूयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयको भ्रमण गर्नुभएको छ ।

मुख्यालय भ्रमणका क्रममा प्रधान सेनापति शर्माले शान्ति सञ्चालन विभागका उप–महासचिवलगायत उच्चपदस्थ पदाधिकारीहरुसँग शुक्रबार भेटवार्ता र छलफल गर्नुभएको नेपाली सेनाले जनाएको छ । प्रधान सेनापति शर्मा असार १३ गतेबाट अमेरिकाको औपचारिक भ्रमणमा हुनुहुन्छ ।