जनता टाइम्स

२४ असार २०७९, शुक्रबार १८:४५

कर्णाली सरकार र एमालेबीच भयो सहमति, मुख्यमन्त्री रोजगारका योजना फिर्ता


सुर्खेत, असार २४ असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक आजबाट सुचारु हुने भएको आज कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले विभिन्न चारबुँदे सहमति गर्दै प्रदेशसभाको अवरोधहटाउने निर्णय भएको हो

यो सहमतिसँगै आजबाट कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि क्रमशः छलफल हुने बाटो खुलेको सहमतिमा मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्वन्धमा प्रस्तावित योजनाहरू एकमुष्टरूपमा फिर्ता लिने विनियोजन भएको रकमयथावत राखी साउन मसान्तसम्म कार्यविधिसम्मत् योजनाहरू छनौट गरिसक्नु पर्ने निर्णय भएको

यस्तै, विनियोजन कितावमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजनाहरूको नाम हटाउनेसहमतिमा उल्लेख सशर्त योजनामा सुदुरपश्चिम प्रदेशका नौओटा आयोजनाको एक करोड तीस लाख रुपैयाँको बजेट रातोकिताबमा समेटिएको थियो

१५ लाखभन्दा कम रकम विनियोजन गरिएका योजनाहरूका हकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साना सिंचाईबाहेकअन्य नयाँ योजनाहरू कार्यान्वयन नगर्ने निर्णय भएको यो सहमति कार्यान्वयन भएको खण्डमा कर्णालीमा करिब एक अर्ब बराबरकोयोजना कार्यान्वयनमा रोक लाग्ने

निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्वन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रहरूमा सभामा प्रतिनिधित्व गर्ने दलहरूकोसहमतिमा योजनाहरू छनौट गर्ने गरी कार्यविधि संशोधन गर्ने निर्णय भएको सभामुख शाहीले बताउनु भयो