रुस,२५असार ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुलाई युद्ध मैदानमा हराउन पश्चिमी शक्तिलाई चुनौती दिएका छन् ।
पुटिनले युक्रेनमाथि मस्कोको आक्रमणलाई बहुध्रुवीय विश्व तर्फको रुपान्तरण जनाउ भएको बताएका छन् । रुसी राष्ट्रपतिले युक्रेनमा युद्ध अझै राम्ररी सुरु नै नभएको पनि बताएसंसदीय नेताहरुलाई दिइएको आक्रमक भाषणमा पुटिनले रुस अझै शान्ति वार्ताको लागि खुला रहेको भन्न छुटाएनन् ।
युद्ध जति लम्बियो छलफलको सम्भावना त्यति नै कम हुने उनले बताएका छन् । पश्चिमले रुसी अर्थतन्त्रमाथि प्रतिबन्ध लगाएर र युक्रेनलाई अत्याधुनिक हतियार दिएर आफूहरुविरुद्ध युद्ध लडिरहेको रुसले आरोप लगाइरहेको छ ।
पश्चिमी समर्थन र रुसी जनशक्ति तथा हातहतियारमाथि भारी क्षति पुर्याएपछि युक्रेन पनि अहिले सम्झौता गर्न तयार देखिँदैन । पछिल्लो समय युक्रेनले सन् २०१४ यता रुसले कब्जा गरेका सबै भूभागबाट पछि हटाउने बताउन थालेको छ ।













प्रतिक्रिया दिनुहोस्