जनता टाइम्स

२७ असार २०७९, सोमबार १७:१२

गठबन्धनबारे केपी ओली : साँचो डिभोर्स गर्नका लागि नक्कली बिहे एमालेले गर्दैन (भिडियोसहित)


काठमाडौं, असार २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका लागि नक्कली बिहे गर्ने काम एमालेबाट नहुने प्रष्ट पार्नुभएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागले आज आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा सोधिएको गठबन्धनबारेको प्रश्नमा ओलीले यस्तो बताउनु भएको हो ।

गठबन्धन टुटाउन एमाले लागेको हो ? के गर्छ भन्ने प्रश्नको जवाफ दिँदै ओलीले भन्नुभयो, ‘गठबन्धन नै सवकुछ हो र एकछिन सत्तामा पुग्नु नै अन्तिम लक्ष्य होइन । हामी बिचार गरेर मात्रै चल्छौं ।’ अध्यक्ष ओलीले गठबन्धनमा रहेका दलका चरित्रसमेत ब्यंग्यात्मक रुपमा राख्नु भयो ।

‘गठबन्धनका लागि गठबन्धन एमालेको चाहना छैन । अलिक दिनसम्म एउटा चिज गर्यो । अनि अर्कै चिज गर्यो । आजकल अखवारहरुमा यसो देखिन्छ क्या, अलिक समय मान्छेहरु मान्छेहरु एकखालको ब्यवहार गर्छन, अलिक पछाडि अर्कै गर्छन । एकपटक बिहे हुन्छ डिभोर्स हुन्छ, अनि फेरि बिहे हुन्छ, फेरि बिहे हुन्छ, फेरि डिभोर्स हुन्छ । बिहे चाँही नक्कली हुन्छ, डिभोर्स चाँहि साँचो हुन्छ । अव साँचो डिभोर्स गर्न लागि नक्कली बहिे गर्न हातारो एमालेले गर्दैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले बर्तमान सरकारले भ्रष्टाचारमा सीमा नाघेको, बजेटसमेत बिचौलिया राखेर बनाएको भन्दै सरकारबिरुद्ध आन्दोलनमा उत्रौं कि नउत्रौं भन्दै कुरा फेर्न पाइदैन भन्ने धारणा राख्नुभयो ।