काठमाडौं, असार २८ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई ‘एक्विजिसन’ गरेपछि सोमबारदेखि एकीकृत कारोबार सुरु भएको छ । एक्विजिसनपछि ुनबिल बैंकुको नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सुरु भएको हो । अब नेपाल बंगलादेश बैंक विलय भएको छ ।
नबिल बैंकले राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेशलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अझै विस्तारित र सशक्त भई राष्ट्र निर्माणमा वित्तीय क्षेत्रबाट अग्रसरता लिने प्रतिबद्धता जनाउनु भयो ।
ढुंगानाले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने बताउनु भयो । ‘निक्षेपकर्ता, लगानीकर्ता लगायत सरोकारवालाहरुको हित संरक्षण गर्ने, देशव्यापी शाखाहरुको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच बढाउने, पुँजीगत आधार सुदृढ गरी सम्भावित वित्तीय जोखिमलाई न्यूनीकरण गर्न अग्रणी भूमिका खेल्ने नीति लिनेछौं,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्