काठमाडौं, २८ असार । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले आजबाट काम थाल्ने भएको छ ।
संसदले गठन गरेको संसदीय विशेष समितिले आजबाट काम सुरु गर्न लागेको हो ।
काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको आज औपचारिक बैठक बसेर आफ्नो जिम्मेवारी पूरा गर्न थालेको हो । आज बस्ने बैठकले कार्यविधि तय गर्नेसहितका काम गर्ने तयारी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्