जनता टाइम्स

३० असार २०७९, बिहीबार १५:५८

देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा पनि गठबन्धन हुन्छ : परराष्ट्रमन्त्री खड्का


काठमाडौं, असार ३० । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मुलुकमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि गठबन्ध हुनसक्ने बताउनु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै खडकाले गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि हुने बताउनु भएको हो ।

बैठकमा बोल्दै खड्काले विचार नमिल्ने देशहरुबीच समेत गठबन्धन हुने गरेको उल्लेख गर्दै देशभित्रै विचार नमिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको बताउनु भयो । पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले चुनावमा विचार नमिल्ने कम्युनिस्टहरुसँग गठबन्धन गर्न नहुने धारणा राखेपछि खड्काले यस्तो जवाफ फर्काउनु भएको हो ।

‘विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ भने मुलुकभित्र हुँदैन भन्ने होइन, गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको छ । गठबन्धन गरेर जाँदा पार्टीलाई पनि घाटा छैन । स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्दा राम्रो नतिजा आएको छ । संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ,’ खडकाको भनाई थियो ।

उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेको जिकिर पनि गर्नुभयो ।