जनता टाइम्स

२ श्रावण २०७९, सोमबार २०:२०

त्रिबिमा माफियाको चलखेल रोक्न अखिलले गरायो १० बुँदे ध्यानाकर्षण (पूर्णपाठ)


काठमाडौं, साउन २ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयलाई निजी स्वार्थको जडबाट बचाउनुपर्ने भन्दै १० बुँदे ध्यानाकर्षण गराएको छ ।

विश्वविद्यालयलाई बचाउन माग गर्दै अखिलले परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । अखिल अध्यक्ष सुनिता बरालको हस्ताक्षरमा आज परीक्षा नियन्त्रण कार्यालय (पनिका) लाई एक मागपत्र पेस गर्दै अनेरास्ववियुले नेपालको शिक्षा माफिया र दलाहरूको रंगमञ्च बनेको र त्यसबाट बचाउनुपर्नेमा जोड दिएको छ ।

 

‘नेपालको शैक्षिक क्षेत्र माफिया र दलालहरूको रङ्गमञ्च बन्दै गएको छ सार्वजनिक शिक्षालाई खुइलाएर, निजीकरणलाई पोस्न सरकारी मुखण्डो ओडेर, निजी स्वार्थको सुंड घुसाउने सुलसुले हात्तीहरूबाट त्रिविलाई बचाउनु पर्ने आजको आवश्यकता हो’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।

‘विडम्बना आज नेपालको शैक्षिक क्षेत्र माफिया र दलालहरूको रङ्गमञ्च बन्दै गएको छ सार्वजनिक शिक्षालाई खुइलाएर, निजीकरणलाई पोस्न सरकारी मुखण्डो ओडेर, निजी स्वार्थको सुँड घुसाउने सुलसुले हात्तीहरूबाट त्रिविलाई बचाउनुपर्ने आजको आवश्यकता हो । त्यस्तै राजनीतिक दलगत छदम छाताभित्र छिपेर, राज्यसत्ताको आडमा विश्वविद्यालयलाई अनन्तकालीन तालाबन्दीको दुश्चक्रमा फसाउने र अन्ततः सार्वजनिक विश्वविद्यालयलाई विघटन गरी निजी क्षेत्रलाई पोस्ने हर्कतहरू पनि दिनानुदिन बढेका छन,’ अखिलको ध्यानाकर्षण पत्रमा भनिएको छ ।अनेरास्वबियुले आफ्ना मागहरूलाई बेवास्ता गरिए जस्तोसुकै कदम चाल्ने चेतावनीसमेत दिएको छ ।