जनता टाइम्स

५ श्रावण २०७९, बिहीबार ०८:१९

देउवाकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा


काठमाडौँ, ५ साउन ।  परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ ।

सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताउनुभयो ।

लम्सालका अनुसार सरकारको निर्णय कसरी गर्ने ? भन्ने विषयमा छलफल भइरहेको छ ।तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको सम्बन्ध बिग्रने भएका कारण अहिले पत्र नपठाउनु दवाव दिएको परराष्ट्रका एक अधिकारीले खुलासा गरेका छन् । राजधानी दैनिकबाट