काठमाडौं, साउन ५ । नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले ५४औं शारीरिक फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि रजत पदक जित्नुभएको छ । मालदिभ्समा जारी प्रतियोगिताको ८० केजी तौलमा उमेशले रजत पदक प्राप्त जित्नुभएको हो ।
८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण पदक र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गर्नुभएको छ । यसअघि फिटनेस फिजिकतर्फ १७० से।मि। सम्मको प्रतिस्पर्धामा राजु राईले नेपालका लगि कास्य पदक प्राप्त गर्नुभएको थियो । तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न सफल भएको ब्यवस्थापक एवं उपाध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।
खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र काँस्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत ब्यवस्थापक राजभण्डारीले बताउनु भयो ।
यसै क्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५औं एसियन शारीरिक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेसनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । प्रतियोगितामा भारतका एतीनदर सिंहले मि. एसियाको उपाधि जित्नुभएको छ । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्