जनता टाइम्स

९ श्रावण २०७९, सोमबार १५:३०

चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा


काठमाडौं, साउन ९ । काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको हो ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार विशेष सूचनाका आधारमा परिसरको टोलीले सोमबार बिहानदेखि तीनकुनेका विभिन्न स्थानमा छापा मार्ने क्रम जारी रहेको छ ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरमा नौजना सञ्चालकसहित १५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।