जनता टाइम्स

१० श्रावण २०७९, मंगलवार १४:३३

राष्ट्रपतिद्वारा स्पेन, रूसी महासंघसहित तीन देशका राजदूत नियुक्त, भारतका लागि राजदूत शर्मालाई थप जिम्मेवारी


काठमाडौं, साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्पेन, रूसी महासंघ, डेनमार्क र भुटानका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल) लाई स्पेन, मिलनराज तुलाधारलाई रूसी महासंघ, प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्क र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ ।