जनता टाइम्स

१० श्रावण २०७९, मंगलवार २०:१०

प्लेनमा खाना खानुहुन्छ ? होसियार रहनुहोला ! खानामा सर्पको टाउको भेटियो


एजेन्सी । टर्कीमा एक हवाईजहाजको उडान परिचरले आफ्नो खानामा सर्पको काटिएको टाउको फेला पारेपछि नराम्ररी तर्सिएका छन् । यो घटना जुलाई २१ मा अंकाराबाट जर्मनीको डसेलडोर्फका लागि सनएक्सप्रेसको उडानमा भएको थियो ।

क्याबिन स्टाफको खाजाको क्रममा चालक दलका सदस्यले खानामा आलु र तरकारीको बीचमा सानो सर्पको टाउको फेला पारेको एक सदस्यले जानकारी दिए । द इन्डिपेन्डेन्टले एभिएसन ब्लगलाई उद्धृत गर्दै आफ्नो समाचारमा यो जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा खानाको थालको बीचमा सर्पको टाउको देख्न सकिन्छ । घटनापछि एयरलाइन्सले खाद्यान्न आपूर्तिकर्तासँगको सम्झौता रद्द गरी अनुसन्धान थालिसकेको छ ।

हाम्रा पाहुना र कर्मचारीले आरामदायी र सुरक्षित उडानको अनुभव लिन सक्ने गरी हामीले हाम्रा पाहुनाहरूलाई हाम्रा विमानहरूमा प्रदान गर्ने सुविधा उच्च श्रेणीको होस् भन्ने सुनिश्चित गर्नु हाम्रो प्राथमिकता रहेको एयरलाइन्सले जनाएको छ।

खाना सकिएपछि टाउको देखियो
तर, खाना आपूर्ति गर्ने क्याटरिङ कम्पनीले भने आफ्नो तर्फबाट त्यस्तो नभएको बताएको छ । ट्वीटरमा भिडियोसँगै विमान परिचारकले लगभग सबै खाना खाइसकेपछि सर्पको टाउको फेला पारेको लेखिएको छ ।

एक प्रयोगकर्ताले यसलाई डरलाग्दो भनेका छन् भने केहीले यो माछाको टाउको भएको अनुमान गरेका छन् । एक प्रयोगकर्ताले भविष्यमा टर्किस एयरलाइन्स कहिल्यै नलिने लेखेका छन् ।