काठमाडौं, साउन १२ । संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारप्रति निकै कठोर टिप्पणी गर्नुभएको छ ।
आचार्यले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै आचार्यले देउवा सरकारलाई नालायक, गैरजिम्मेवार र राष्ट्रबिरोधीको पराकाष्टाका रुपमा ब्याख्या गर्नुभएको छ ।
आचार्यले लेख्नुभएको छ :
आर्थिक वर्ष ०७८/०७९ मा हामीले बिभिन्न देशबाट १९ खर्ब २० अर्ब अर्थात हाम्रो बजेट भन्दा बढीको सामान आयात गरेका रहेछौ । जसमध्ये भारतबाट मात्र १२ खर्ब भन्दा बढीको सामान आयात गरिएको रहेछ । यसबाट भारतसककग मात्र हाम्रो ब्यापार घाटा साढे १० खर्ब जतिको छ ।
देशको बजेट भन्दा बढी ब्यापार घाटा र वैदेशिक ऋण हाम्रो छ । आन्तरिक खर्चको कुरा गर्दा बजेटको सबैजसो हिस्सा साधारण खर्चमै सकिन्छ। संघ र स्थानीय तहको भन्दा कुनै पनि नौलो कार्यक्षेत्र नभएको र कहिकतैबाट औचित्य सिद्ध गर्न नसकेको प्रदेशको खर्च मात्र बर्षेनी ३ खर्ब जतिको छ ।
देशको हालत यस्तो छ । तर, सरकार, संसद् र प्रतिपक्षको किल्लामा यी कुराको उच्चारण सम्म पनि हुंदैन। उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरि विदेशीलाई नागरिकता बाड्न केन्द्रित छ ।
शायद यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियककामा अब बककाकी छैनन होला । कोही बाँकी रहेका पनि हालसालै भागीसके। हामी नेपाली अब जागौं ! अति भयो !
(संविधानविद डा.भीमार्जुन आचार्यको फेसबुकबाट)













प्रतिक्रिया दिनुहोस्