काठमाडौं, साउन १२ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । बिदेश सहायकमन्त्री लु केहीबेर अघि काठमाडौं आइपुग्नुभएको हो ।
नेपाल बसाईका क्रममा मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कायक्रम रहेको छ । नेपालस्थित अमेरिकी दूतावासले मन्त्री लु अमेरिकी विदेश मन्त्रीले वार्षिकरुपमा प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सलेन्स (एइसी)’ वितरण गर्ने कार्यक्रमसमेत रहेको छ ।
नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णाले सो अवार्ड पाउँदैछ । मन्त्री लुले नेपाल बसाईका क्रममा उद्योगी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटने दूतावासले जनाएको छ ।
दूतावासले लुको नेपाल भ्रमण नियमित भएको जनाएको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै नियमित भ्रमणको सिलसिलामा सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणका लागि नेपाल आउने स्पष्ट पारेका हो ।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर राजनीतिक दलहरूबीच विवाद चर्किरहेका बेला लुको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । कतिपय बिश्लेषकहरुले प्रधानमन्त्री देउवा स्वयंले गठबन्धन दललाई मनाउन नेपाल आमन्त्रण गरेको जिकिर गरेका छन ।
बिदेश सहायकमन्त्री लु यसअघि गत १ मंसिरमा नेपाल आउनु भएको थियो । त्यसबेला प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्