एजेन्सी । भारतको राष्ट्रिय महिला आयोगले कांग्रेस नेता अधीर रञ्जन चौधरीलाई राष्ट्रपति द्रौपदी मुर्मुलाई ‘राष्ट्रिय पत्नी’ भनेर अपमानित गरेकामा पूर्जी काटेको छ । अधीर रञ्जन चौधरीलाई पठाएको पूर्जीमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले साउन ३ गते आयोगमा हाजिर हुन आदेश दिनु भएको छ ।
अधीर रञ्जन चौधरीलाई भदौ ३ गते बिहान ११.३० बजे हाजिर हुन भनिएको छ । उहाँको भनाइप्रति आफ्नो अडान लिखित रुपमा पेश गर्न भनिएको छ ।
यसका साथै आयोगले कांग्रेस अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई अधीर रञ्जन चौधरीको आपत्तिजनक बयानका लागि कारबाही गर्न पनि माग गरेको छ।
अधीर रञ्जनको स्पष्टीकरण
विवाद चर्किएपछि अधीर रञ्जन चौधरीले भनेका छन्, ‘यदि उनीहरु चाहन्छन् भने मलाई फाँसी दिउन, म सजाय भोग्न तयार छु तर उनलाई (सोनिया गान्धी) लाई किन यो विवादमा तानिन्छ ?’
राष्ट्रपति द्रौपदी मुर्मुलाई अपमान गरेको प्रश्नमा उनले भने, ‘म राष्ट्रपतिको अपमान गर्ने कुरा सोच्न पनि सक्दिन । यो केवल एएटा गल्ती थियो । यदि राष्ट्रपतिलाई यस कुराले आत्मसम्मानमा ठेस पु¥याएको लाग्छ भने , म व्यक्तिगत रूपमा उहाँलाई भेटेर माफी माग्छु।’













प्रतिक्रिया दिनुहोस्