जनता टाइम्स

१४ श्रावण २०७९, शनिबार १५:५१

एमाले निकट पर्यटन व्यवसायी संगठनको अध्यक्षमा कुँवर, यी हुन पदाधिकारी र सदस्य


काठमाडौं, साउन १४ । नेकपा एमाले निकट पर्यटन व्यवसायी संगठनको अध्यक्षमा पूर्णबहादुर कुँवर चयन हुनुभएको छ । संगठनको तेस्रो एकता महाधिवेशनबाट अध्यक्षमा कुँवर चयन हुनुभएको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा चयन हुनुभएको छ । महाधिवेशनले महासचिवमा एमबहादुर खड्का, उपमहासचिवमा नवाङ निमा शेर्पा र श्रीकान्त आचार्य चयन गरेको छ ।

यस्तै पाँच जना सचिवहरूमा दीपक दाहाल, जीवनराज सापकोटा, प्रदीप आचार्य, जया बराल र प्रह्लाद लोहनीलाई चयन गरेको छ भने कोषाध्यक्षमा लिला बहादुर लामा तामाङ चयन हुनुभएको छ ।

यस्तै उपाध्यक्षहरूमा प्रदेश १ बाट टीकाराम गुरुङ, मधेस प्रदेशबाट सुधीर कुमार उपाध्याय, गण्डकी प्रदेशबाट केदारनाथ शर्मा, सुदूरपश्चिम प्रदेशबाट महेश भट्टराई, कर्णाली प्रदेशबाट लंकबहादुर शाही र लुम्बिनी प्रदेशबाट सागर अधिकारी चयन हुनुभएको छ ।

सदस्यहरुमा राम सापकोटा, जीवन थापा मगर, रुद्र प्रसाद तिमील्सिना, प्रकाश सापकोटा, साङ्गे लामा, विनोद सापकोटा, राम खड्का, माया शेर्पा, टासी ल्यामो शेर्पा, फुरी ग्याल्जेन शेर्पा, वान्चु शेर्पा, मुक्ती पाण्डे, चिरञ्जीवी पोखरेल, हरि भुजेल, कृष्णप्रसाद दाहाल हुनुहुन्छ । महाधिवेशनले १०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।