जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार १०:२२

अरनिको राजमार्गमा २० मिटर सडक भासियो, चीन जाने सवारी आवागमन बन्द


सिन्धुपाल्चोक, साउन १६ ।  अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ ।

सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ । सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।