काठमाडौं, साउन १६ । महंगीबिरुद्ध नेकपा एमालेले आज काठमाडौंमा आयोजना गरेको जनप्रदर्शनको रुट फाइलन भएको छ । नेकपा एमाले महंगी तथा भ्रष्टाचार विरुद्धको बृहत जनप्रदर्शन आयोजक कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारी अनुसार बशन्तपुरमा जम्मा भई भित्री शहरका जनतामाझ पुग्ने गरी जुलुसको रुटलाई अन्तिम रुप दिइएको छ ।
नेकपा एमालेले आज काठमाडौं उपत्यकामा सरकारबिरुद्ध पहिलो पटक सडकमा जनता उतार्न लागेको हो । सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्न लागेको हो । यसअघि एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।
जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप गर्न लागिएको जनप्रदर्शको आवश्यक सबै तयारी पूरा भएको महंगी तथा भ्रष्टाचार विरूद्ध वृहत जनप्रदर्शन आयोजक कमिटीका संयोजक पार्टी स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठले वताउनुभयो । आम नागरिक महंगीको चौतर्फी मारमा पर्दा पनि वर्तमान परमादेशी गठबन्धन सरकारले मूल्यवृद्धि नियन्त्रणमा कुनै पहल नगरेकाले सरकारलाई खवरदारी गर्न आयोजना गरिएको जनप्रदर्शनमा व्यापक सहभागिता जनाउन राजधानीवासीलाई संयोजक श्रेष्ठले अपिल गर्नुभएको छ ।
संयोजक श्रेष्ठले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट शुरू भई प्याफल, नरदेवी, पेङ्गल, बाङ्गेमुडा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा आएर समापन हुनेछ । ‘भित्री शहरका जनतालाई महंगीबिरुद्ध जागरुक बनाउने गरी रुट तय गरिएको छ,’ श्रेष्ठले भन्नुभयो ।
समापनमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पाँच दलीय गठबन्धन सरकारले जनतामाथि महंगीको मार हानेपछि एमाले सडकमा आएको हो । यतिवेला दैनिक उपभोग्य वस्तुमा चरम मूल्यबृद्धि भएको छ । दाल, चिनी, दूध, घ्यू–तेल, सवारी भाडा, सामान ढुवानी, शिक्षा तथा अन्य कतिपय आधारभूूत आवश्यकताका वस्तु र सेवाको मूूल्य आकाशिएको छ । पेट्रोलियम पदार्थको मूल्य एक वर्षभन्दा कम अवधिमा नै दोब्बरभन्दा धेरैले बढाइएको छ । यसका कारण ढुवानी सेवा, सडक तथा हवाई यातायात सेवा, औद्योगिक उत्पादन र उपभोग्य वस्तुको समेत मूल्य अचाक्ली बढेको छ ।

भ्रष्टाचार र कमिशनतन्त्र मौलाएको छ । अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको छ । अर्थतन्त्रका प्रायः सबैजसो सूचकहरू नकारात्मक देखिएका छन् । मुलुकको परराष्ट्र नीतिलाई असन्तुलित बनाउँदै नेपाललाई शक्ति केन्द्रको क्रिडास्थल बनाईंदैछ । असन्तुलित र राष्ट्रहित विपरीतको नागरिकता विधेयक संसदीय प्रक्रिया मिचेर संसदबाट हठात पारित गरिएको छ । भूूराजनीतिक संवेदनशीलतालाई त ख्याल गरिएन–गरिएन, आफ्ना नागरिकमाथि हुने असमान व्यवहारलाई यसमार्फत सहीछाप गरिएको छ । परमादेशी गठबन्धनले सत्ताका लागि जस्तोसुकै सौदाबाजीसमेत गर्छ भन्ने यस राष्ट्रहित विपरीतको कामबाट पुष्टि भएको छ ।
राष्ट्रका लागि बोझ बनिसकेको वर्तमान गठबन्धनका गलत काममा खबरदारीका लागि एमालेले आम नागरिकलाई वृहत् जनप्रदर्शनमा सहभागी भई जनएकता प्रदर्शन गर्न आह्वान गरेको हो । जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र त्यस अन्तर्गतका चारवटा जिल्ला कमिटी, सम्पर्क कमिटी, जनवर्गीय संगठनहरू, सांसदहरू, पार्टीको केन्द्रीय विभागहरू लगायतको सहभागिता रहने छ ।
प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको एमालेको भनाई छ ।
आजको प्रदर्शनमा सहभागी हुन एमालो सवै जनसंगठनहरुले जम्मा हुने स्थान तोकेका छन । अनेरास्वबियूका अध्यक्ष सुनिता बरालले त्रिचन्द्रमा जम्मा भई ठीक २ बजे बशन्तपुर पुग्ने बताउनु भयो । यस्तै प्रेस चौतारी नेपालले भृकुटीमण्डप तोकेको छ । अन्य जनसंगठनहरुले पनि रत्नपार्क र न्यूरोड गेट आसपास जम्मा भएर मुल जुलुसमा सहभागी हुन बशन्तपुर पुग्ने बताएको छ ।

यस्तो छ जनप्रदर्शन गर्नैपर्नै ५ कारण
१. यतिबेला हाम्रो मुलुक चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । दैनिक उपभोग्य वस्तुमा चरम मूल्यबृद्धि भएको छ । दाल, चिनी, दूध, घ्यू–तेल, सवारी भाडा, सामान ढुवानी, शिक्षा तथा अन्य कतिपय आधारभूूत आवश्यकताका वस्तु र सेवाको मूूल्य आकाशिएको छ । पेट्रोलियम पदार्थको मूल्य एक वर्षभन्दा कम अवधिमा नै दोब्बरभन्दा धेरैले बढाइएको छ । यसका कारण ढुवानी सेवा, सडक तथा हवाई यातायात सेवा, औद्योगिक उत्पादन र उपभोग्य वस्तुको समेत मूल्य अचाक्ली बढेको छ ।
२. भ्रष्टाचार र कमिशनतन्त्र मौलाएको छ । विचौलिया, कालाबजारिया र नाफाखोरहरूले बजार कब्जा गरेका छन् । मुद्रास्फिति दोहोरो अङ्कतिर लम्किँदै छ । किसानहरूले मुख्य बाली लगाउने समयमा देशैभरि रासायनिक मलको हाहाकार छ । जसका कारण कृषि उत्पादन घट्ने र खाद्य सङ्कटको अवस्था सिर्जना हुँदैछ ।
३. अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको छ । अर्थतन्त्रका प्रायः सबैजसो सूचकहरू नकारात्मक देखिएका छन् । विदेशी मुद्राको सञ्चिती घट्दो छ । शोधानान्तर स्थिति ऋणात्मक छ । खाद्यान्न, औषधि, निर्माण सामग्री समेतको आयातमा गम्भीर समस्या देखिएका छन् । सीमित व्यापारिक घरानाहरूलाई पोस्न, राष्ट्रको बजेट निर्माणजस्तो संवेदनशील कार्यमा उनीहरूकै एजेन्टहरूको संलग्नतामा करका दरहरू हेरफेर गर्नेजस्तो अपराध यस राष्ट्रघाती गठबन्धन सरकारले गरेको छ । संसदमा यस्तो अपराधको छानवीनको विषय उठेपछि सबै प्रमाणहरू जानीजानी नष्ट गर्ने, संसदीय छानवीन समितिलाई समेत निस्प्रभावी बनाउने, दोषीलाई चोख्याउने र पुरस्कृत गर्ने दुस्प्रयास शुरू भएको छ ।
४. मुलुकको परराष्ट्र नीतिलाई असन्तुलित बनाउँदै नेपाललाई शक्ति केन्द्रको क्रिडास्थल बनाईंदैछ । असन्तुलित र राष्ट्रहित विपरीतको नागरिकता विधेयक संसदीय प्रक्रिया मिचेर संसदबाट हठात पारित गरिएको छ । भूूराजनीतिक संवेदनशीलतालाई त ख्याल गरिएन–गरिएन, आफ्ना नागरिकमाथि हुने असमान व्यवहारलाई यसमार्फत सहीछाप गरिएको छ । परमादेशी गठबन्धन सत्ताका लागि जस्तोसुकै सौदाबाजीसमेत गर्छ भन्ने यस राष्ट्रहित विपरीतको कामबाट पुष्टि भएको छ ।
५. यसरी यो सरकार राष्ट्रका लागि बोझ बनिसकेको छ । यो सरकार सत्तामा आएदेखि हालसम्म एउटा पनि नयाँ काम थालेको छैन । बरु उल्टो सार्वभौमसत्ता र स्वाधीनताका विरुद्धमा निरन्तर गतिविधि गरिरहेको छ । विकास–निर्माण ठप्प छ । शिक्षा, स्वास्थ्यजस्ता जनहितको पक्षमा अघिल्लो सरकारद्वारा शुरू गरिएका कामहरू रोक्ने वा बिगार्नेमात्र काम जारी राखेको छ । महंगी नियन्त्रण गर्न र उपभोक्तालाई राहत दिन, राष्ट्र, जनता र जनजीविकासँग प्रत्यक्षरूपमा जोडिएका विषयहरूमा काम गर्न पूर्णरूपमा असक्षम भएको छ । त्यसैले जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन यही साउन १६ गते काठमाडौंको बसन्तपुरबाट महंगी, भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध बृहत् प्रदर्शन शुरू हुँदैछ । बृहत जनप्रदर्शनमा संलग्न होऔं । जनएकता प्रदर्शन गरौं ।













प्रतिक्रिया दिनुहोस्